एउटा डाक्टरको बकपत्रः जब बिरामीका ‘एमए पास’ कुरुवाले जथाभावी बोल्न थाले...


Download our app to get more features

सायद यस्ता घटना अस्पतालमा काम गर्ने डाक्टर वा नर्स जो कोहीलाई नौलो नलाग्ला । बिरामीको कुरुवाले चर्को स्वरमा कराउने वा गाली गर्ने घटना प्राय भइरहन्छन् अस्पतालतहरुमा । तर गालिको पनि हद हुन्छ, सीमा हुन्छ ।  बिनाअर्थ बिरामीको कुरुवाहरुबाट देखाइने रिसले गम्भीर अवस्था समेत सिर्जना गर्नसक्छ कुनैबेला । म काम गर्ने अस्पतालमा पनि गएको मंगलवार यस्तै एउटा घटना भयो जुन अनुभूतिलाई मैले लिपीबद्ध नगरी बस्न सकिनँ । अस्पताल जस्तो संवेदनीशल ठाउँ, त्यसमाथि म काम गर्ने  क्यान्सर वार्ड ।  नम्र बोली र बिरामीप्रतिको कर्तव्य राम्रोसँग बुझेका छौं हामीले भन्ने लाग्छ । र वार्डमा काम गर्ने सबै स्वास्थ्यकर्मीले बिरामी, उनीहरुको पीडा र संवेदनशिलता बुझेका छन् ।

विहान ११ बजे हाम्रो वार्डमा केमोथेरापीका लागि एक जना बिरामी आउनुभयो । उहाँको आफना मान्छे सहित । भर्नाको प्रक्रिया पु¥याएर  औषधि लिएर आउँदा ११.३० बजेको थियो,  त्यसपछि उहाँको औषधि सुरु गरियो । डे–केयर भएको हुँदा उहाँको त्यो औषधि सकिन ७० मिनेट लाग्थ्यो । त्यसो हुँदा १२.४० बजेको समयमा औषधि सकिन्थ्यो । अझै हामीले उहाँहरुको काम छिटो होस् भनेर फाइल तल पठाइसकेका थियौं । त्यसभन्दा करीब १५ मिनेट अगाडि बिरामीको एकजना आफन्त आउनु भएको थियो ।

१२.४० मा बिरामीको औाषधि लगाउने काम सकियो । म डिउटीमा खटिएको डाक्टर र अन्य तीन जना नर्स हामी आफनो स्टेशनमा बसिरहेका थियौं । केबल १५ मिनेट अगाडि आउनु भएको बिरामीको एकजना आफन्त अचानक स्टेशनमा आएर चर्को स्वरमा कराउन लाग्नुभयो, ‘हाम्रो फाइल डिस्चार्जमा गएको डेढघण्टा भैसक्यो, मान्छे कहाँ पुग्नुपर्छ अलिकित चाँडो गर्दिँदा के जान्छ तपार्इंहरुको’ । हामीले फाइल तलबाट माथि ल्याउनुपर्छ, केही समय त लागिहाल्छ नि भन्यौं । धेरै भएको भए १० मिनेट लागेको थियो होला फाइल तलबाट माथि आउन । 

डिस्चार्जको समयमा लेखिने नोट र बिरामीले खाने औषधि पनि लेखेर सबै काम सकिसकेका थियौं हामीले । जब बिरामीका आफन्तले हाम्रो धैर्यताको बाँध टुट्ने गरी शब्द प्रयोग गर्नुभयो । तब अस्पताल प्रशासन समक्ष नै जान हामी बाध्य भयौं । हामीले ‘दाई अरुको त टाइप भएर फाइल आउन नै टाइम लाग्छ, तपाईको त अझैं छिटो गरेका छौं’ भन्यौं । तर उक्त व्यक्तिले आफनो पदको बयान गर्न थाल्नुभयो । ‘तपाईं के मुख चलाउनुहुन्छ डाक्टर साब यहाँ बसेर, म पनि एमए गरेको मान्छे हुँ । लेक्चरर हुँ । यो अस्पतालको वरिष्ठ डाक्टर मेरो साथी हो के कुरा गर्नुहुन्छ तपार्इं । यस्तो ढिला काम गर्ने अस्पतालमा अलिकति केही बोल्न नहुने ।’ त्यसपछि हामीले डिस्चार्ज त नियमले १ बजेपछि मात्र हो के भनेका थियौं । उहाँले चर्को स्वरमा ‘ठाउँ ठाउँमा पेट्रोल छर्केर मान्छे जलाइएको खबर त सुन्नु भएको होला तपाईहरुले, त्यस्तोमा त तपाईहरु पर्नु भएको छैन नि । धन्न बाँच्नु भएको छ ।’ भन्नुभयोे । यस्तो शब्द जब कोही बिरामीको आफन्तले डिउटीमा रहेका डाक्टर र नर्सहरुलाई सुनाउँछ तब काम गर्ने वातावरणमा कस्तो नकारात्मक असर पर्छ, त्यो जो कोहीले सजिलै अनुमान गर्नसक्छ । 

जब सो व्यक्तिलाई फाइल आउन किन ढिला भयो भनेर बुझाउन खोजियो तब उहाँले बुझ्नै खोज्नुभएन । फाइल डिस्चार्ज भएर टाइप गर्ने ठाउँमा गएपछि मात्र फाइल माथि डिस्चार्ज वार्डमा ल्याइन्छ  र बिरामीलाई फलोअपमा आउने मिति र खाने औषधिबारे बुझाइन्छ । जब उहाँले त्यो कुरै नबुझिकन चर्को स्वरमा तल्लोस्तरको गालीगलौज गर्नुहुन्छ भने उहाँले एमए पास गरेर लेक्चरर भएको के अर्थ रह्यो ? यो त एक प्रतिनिधि घटना मात्र हो । राजधानीमा पढेलेखेका व्यक्तिहरुले गर्ने व्यवहार त यस्तो छ भने दूरदराजका स्वास्थ्यकर्मीहरुको हालत के होला ? 

(डाक्टर सापकोटा ओम अस्पताल चावहिलको अन्कोलोजी (क्यान्सर) वार्डमा कार्यरत हुनुहुन्छ ।)

Spark_health_home NIdan Hospital

1 Comments

  1. Tyo nakkali MA gareka nakkali lecturer hola. Nepal ma yesta MA pass ra lecturer ko kunai kaam ra izzat chaina. Adhikamsha Nepali Doctor ko profession ra safalta dekhi irshya ra reesh garchan.

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts