उफ् म नर्स !

[ सन्दर्भः विश्व नर्स दिवस ]


Download our app to get more features

विश्व नर्सिङ दिवस विश्वभर मनाइरहँदा म आफू नर्स भएकोमा गर्व गरिरहेकी छु । 

‘गाह्रो समयको अन्त्य हुन्न तर गाह्रो मान्छेहरुको साथ सदैब हुन्छ ।’ यो धारणा लागु हुन्छ केवल नर्सिङ पेशामा ।

जब जीवनमा केही मुख्य बाटो छान्ने अवस्था आउँछ, म जस्ता धेरैजनामा नर्सिङ शव्दावली वरपर परिक्रमा गरेकै हुन्छन् । 

अहो ! सेतो सफा कपडा, बिरामीलाई ढाडस, सुःख दुःखको साथी, एक किसिमले सहयोग, आत्म सन्तुष्टी र सुखको अनुभूति केवल यि कुराहरु नै हुन् जुन हाम्रो मानसपटलमा बस्छन् मनमनै र सपनाको महल बनाउन पुग्छौं । 

(धेरै सोच्नु कहिल्यै नहुने रहेछ) त्यो सेतो कपडामा नर्सलाई हामी परीको रुपमा देख्छौं, मीठो बोली अनि बिरामीको सेवा, म पनि नर्स भएपछि यस्तै हुनेछु अझ यो भन्दा बढी राम्रो हुनेछु । यि र यस्तै हुन् नर्सिङ पेशामा प्रवेश गर्नुअघिका सपनाहरु ।

जब नर्सिङ बिषय पढ्न अघि बढ्छौं, भर्ना भएर कलेज जान थाल्छौं, हामी बिस्तारै यथार्थसँग परिचित हुन थाल्छौं । 

ओहो ! बिरामीको सेवाभन्दा फरक किसिमका सेवाहरु पनि गर्नुपर्ने हुन्छ । कतिपय सेवा त जिन्दगीका बीसौं वसन्त पार गर्दासमेत नगरेका किसिमका पनि हुन सक्छन्  । 

‘अचम्म पनि लाग्छ अरे ! यो केहो ? यस्तो पनि हामीले नै गर्नुपर्छ ।’ 

तीन वर्षे पढाइको पहिलो वर्ष त सकसै सकसमा बित्छ । यदि पार गर्न सकियो त नर्सिङ पढियो नत्र टाटा बाइबाई ।

सबैजना कहाँ हामीजस्तो एक चित्त हुन्छन् र ? 

हैन त्यत्रो वर्ष लगाएर पढ्न त पढियो तर आफूले प्राप्त गरेको प्राप्तांक र अरु विश्वविद्यालयको प्राप्तांकको आकाश जमिनको फरक, मैले त्यति धेरै मेहनत गरेर यति मात्र प्राप्तांक तर मेरो साथी फलानीले मेहनत नै नगरी म भन्दा धेरै अंक ल्याइन किनकी उनी अर्कै विश्वविद्यालयमा थिइन् ।

प्राप्तांक जस्तोसुकै भएपनि काम त सजिलै पाइयोस् । तर उफ् कति गाह्रो १० जान नर्स माग्यो भने १० हजार जनाको आवेदन पर्छ । 

जसमध्ये नाम ५ हजार जनाको निस्किन्छ । अरु त के भनौं वेदनाहरु ‘बाँकी ५ हजारले भोलेन्टियरको रुपमा काम गर्छन् त्यो पनि आफैं पैसा तिरेर । अन्त कँही नभएको जात्रा हाँडी गाउँमा भने झैं भइरहेको छ नर्सिङ पेशा । 

बल्ल बल्ल जागिर पाइयो भनेर मख्ख परेको त के हुनु वास्तविक फलामको ढोका त यहाँ पो रहेछ ।  बिरामीको सेवा, पूरै संस्थालाई टेवा, भावी नर्सहरुलाई पेवा ‘सायद यि केही कुराहरु होलान दुःख सुखका ‘बिरामीलाई खान देउ, औषधि देउ, हरेक कुराको याद राख’ कामै कामको चटारो ‘र अन्त्यमा बिरामी र अन्य कर्मचारीको झटारो’ बाह् नर्सिङ प्रोफेसन वाह् ।

तैपनि जिन्दगी खोलाजस्तै बगिरहेछ । 

कहिले खहरे खोला त कहिले उर्लँदो भेल जे जस्तो भएपनि उ नाउ तैरिरहन्छ । 

तर जब कोही बिरामी अथवा सहकर्मी वा अन्य प्रतिष्ठित व्यक्तिले तैंले त राम्रो काम गरेकी छस् भन्नुहुन्छ तब जिउँदै स्वर्ग पुगेको अनुभव हुन्छ । 

बिरामीको एक मुस्कानले बिरामी पुनः स्वस्थ अवस्थामा पुगेपछि अनि अन्तर्मनले सारा दुःख भुलेर नयाँ जोशको सिर्जना गर्छ ।

लाहुरे आज घर फर्क्यो नाचि नाचि रमाई भने झैं ‘यो नर्स मिठो मुस्कानका साथ बिच्छ्योनामा मिठो मुस्कानकासाथ निँदाउछिन् । 

केवल यत्तिमा मात्र त सिमित नहोला तमाम नर्सहरुलाई केही कुरा जुन उनले सपना साँचेकी हुन्छिन् । तर भेटिएन वा कार्यसफलता भएन भने विवश भएर उनी जान्छिन् विदेशको बाटोतिर ।

यो एउटा विकल्प नै बनेको छ यो पेशामा ।

मान्छेलाई हरघडी हरपल कोही न कोही आवश्यक पर्छ । ‘कुबेरजीलाई त्यो तोरीको दानाले पनि सहयोग गरेको थियो भने हामी त नर्स पो हौं त ।

बिरामी पर्दाको साथी ‘केवल हामी चाहन्छौं’ हजुरहरुको यस पेशाप्रतिको सम्मान ‘यो नै हाम्रो जीवनको उर्जा हो ।’

त्यसैले केवल यति माग्छौ यहाँहरु हामीलाई बुझ्नुहोस र हामीप्रति सकारात्मक धारणा राखिदिनुहोस् । 

धन्यवाद ‘ह्याप्पी वल्र्ड नर्सिङ डे टु अल अफ अस’ 

(सैंजु ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको इन्फेक्सन कन्ट्रोल नर्स हुन्)


 

Spark_health_home NIdan Hospital

1 Comments

  1. Gud job

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

vayodha Swastha Bema AD below news Related Posts