रगतको संक्रमणले हुन्छ “सेप्सिस”


Download our app to get more features

रगतमा हुने संक्रमण “सेप्सिस” का कारण नेपालमा हरेक वर्ष आइसियूमा भर्ना भएकामध्ये ३० प्रतिशत बिरामीको मृत्यु हुने गरेको छ । आइसियुमा आउने कुल बिरामीमध्ये ७० प्रतिशत सेप्सिसकै कारण भर्ना हुने गरेका छन् । कुनैपनि प्रकारको संक्रमण हुँदा शरीरको रोग प्रतिरोधक प्रणालीले रगतमा ‘इन्डोटक्सिन’ जस्ता केही रसायन छाड्छ थाल्छ । कहिलेकाहीँ बच्चा, रोगी, बूढापाकामा यो प्रणालीले आवश्यक्ताभन्दा बढी रसायन छाड्न सक्छ । जसले गर्दा बिरामी सेप्सिसको सिकार हुन्छ । श्वास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुनु सेप्सिसका लक्षण हुन् । सेप्सिसका बिरामी मतिभ्रमको स्थितिसमेत देखिन सक्छ ।

♦ विश्वभर हरेक वर्ष आइसियूमा हुने मृत्युको सबैभन्दा ठूलोे कारक सेप्सिस नै हो । मध्यम र कम आय भएका राष्ट्रमा यो समस्या बढी छ । रगको संक्रमण भएर यसले अंगविशेषलाई समेत पैभावित पार्न सक्छ । यस्तो स्थिति ‘सेप्टिक सक’ हुँदा मृत्युदर ६० प्रतिशतसम्म छ ।

♦ ग्लोबल सेप्सिस एलायन्स (जिएसए) का अनुसार हरेक वर्ष दुई करोड ७० लाख व्यक्तिमा सेप्सि हुन्छ । यसमध्ये एक करोड ९० लपाखले जीवन प्राप्त गरेपनि उनीहरुमा कुनै न कुनै किसिमको जटिलता हुन सक्छ । यही समस्याका कारण हरेक वर्ष करिब ८० लाख मानिसको मृत्यु हुने अनुमान छ । त्यस्तै, पाँच वर्षमनिका करिब ६० लाख बच्चा वा नवजात शिशुको मृत्यु सेप्सिस कै कारन हुने गर्छ । सेप्सिस मातृ मृत्युको एउटा प्रमुख करण हो । 

♦ सेप्सिस सामान्यतया ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । तर, भाइरस वा अन्य कारणले समेत यो समस्या हुन सक्छ । यसलाई रोक्ने सबैभन्दा राम्रो तरिका छिटो सेप्सिस हुने कारण पत्ता लगाउनु हो । पत्ता लागेपछि एनिटबायोटिक लगायत उपचारका माध्यमले यसलाई रोक्न सकिन्छ ।

रोग पहिचानपछि के गर्ने ?

बिरामीमा सेप्सिस पहिचान भएको एक घन्टाभित्र एन्टिबायोटिक दिँदा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी गर्न सकिन्छ । सेप्सिस भएका बिरामीलाई आइसियू वा शरीरको क्रियाकलाप अनुगमन गर्ने उपकरण भएको शय्यामा भर्ना गर्नुपर्छ । यस्ता बिरामीलाई अन्य बिरामीसँग राख्नु हुँदैन । चिकित्सक वा स्वास्थ्यकर्मीले रोग प्रभावित बिरामीलाई छोएर अन्य बिरामीलार्ई छुँदा हात धुने, पन्जा फेर्ने लगायत स्वच्छताको उपाय गर्नुपर्छ । सेप्सिसमा छिटै रोग पहिचान एवं उपचार अत्यावश्यक मानिन्छ । कुन ब्याक्टेरिया वा के कारणले सेप्सिस भएको हो भन्ने पहिचानपछि ब्रोड स्पे्रक्ट्रम एन्टिबायोटिकलगायत अन्य औषधि दिनुपर्छ ।
 

(आजको नयाँ पत्रिका दैनिकबाट)

Spark_health_home Swastha Bema AD below news KDC Ad Below News

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts