अर्थोपेडिकमा अब्बल 


Download our app to get more features

त्कालीन नारायणहिटी राजदरबार परिसरमा आयोजित भव्य कार्यक्रम । आ–आफ्नो विषयमा अब्बल ठहरिएका विद्यार्थी लामबद्ध भएर तत्कालीन राजा वीरेन्द्रबाट विभिन्न भूषण मान र पद्वीहरू लिइरहेका थिए । यो बीस वर्षअघिको कुरा हो । उनी पनि लाइनमै थिए । राजा वीरेन्द्रको नजिक पुगे । महेन्द्र विद्याभूषण ग्रहण गरे । 

‘अब के बन्छौँ ?’ राजा वीरेन्द्रले कुममा धाप मार्दै सोधे ।

‘अर्थोपेडिक सर्जन,’ उनको मुखबाट फुत्त निस्कियो । उनले यो सोचेर दिएको जवाफ होइन । त्यसो त महेन्द्र विद्याभूषण लिन जानुअघि उनलाई राजाले प्रश्न सोध्छन् भन्ने पनि थाहा थिएन । उनको मुखबाट ‘अर्थोपेडिक सर्जन बन्छु’ भन्ने निक्लियो । 

‘डा. अशोककुमार बाँस्तोलासँग काम गर्नु,’ राजा वीरेन्द्रले भने । 

त्यस समयमा उनले डा. बाँस्कोटालाई चिनेका पनि थिएनन् । भाग्य भन्नुपर्छ अपांग बाल अस्पतालमा मेडिकल अफिसरको विज्ञापन निकालिएको रहेछ । त्यहाँ फाराम भरे र डा. बाँस्कोटाले नै उनको अन्तर्वार्ता लिएका थिए । उनी त्यहाँ छानिए र डा. बाँस्कोटासँगै काम गर्न थाले । डा. बाँस्कोटाकै प्रेरणाले उनी आफ्नो पेसामा सफल पनि भए ।

यसरी न्युरो सर्जन बन्ने लक्ष्य लिएका एकजना चिकित्सक अर्थोपेडिक बने । हो अहिले उनी अर्थोपेडिक सर्जरी गर्दै उदाहरणीय बनेका छन् स्पाइनल सर्जरीमा । उनी हुन्– स्पाइन सर्जन डा. विनोद बिजुक्छे । उनले नेपालमा विभिन्न कारणले ढाड (मेरुदण्ड) बाङ्गो हुने समस्याको शल्यक्रिया पहिलोपटक सुरु गरेको हुन् । 

सायद नेपालमा धेरै स्कोलियोसिस सर्जरी गर्ने चिकित्सक डा. बिजुक्छे नै हुन् । उनले हालसम्म स्पाइनसम्बन्धी मात्र ७ सय ५८ वटा शल्यक्रिया गरिसकेका छन् ।

पहिले मेरुदण्डसम्बन्धी जटिल शल्यक्रिया हुँदैनथ्यो । डा. बिजुक्छेले नेपालमा ढाड बाङ्गो हुने समस्या (स्कोलियोसिस) सर्जरी सुरु गरे । हालसम्म उनले करिब ७० जनाको स्कोलियोसिसको सर्जरी गरिसकेका छन् । सायद नेपालमा धेरै स्कोलियोसिस सर्जरी गर्ने चिकित्सक डा. बिजुक्छे नै हुन् । उनले हालसम्म स्पाइनसम्बन्धी मात्र ७ सय ५८ वटा शल्यक्रिया गरिसकेका छन् । स्पाइनको इन्फेक्सन तथा टीबी भएका करिब १ सय २० जनाको शल्यक्रिया गरेका छन् । मेरुदण्डसम्बन्धी क्यान्सरको शल्यक्रिया जसलाई सामान्यतया जटिल मानिन्छ, उनले सफलतापूर्वक गर्दै आएका छन् । 

उनले १८ महिनाको बच्चादेखि ८५ वर्षका वृद्धको समेत सफलतापूर्ण स्पाइनको सर्जरी गरिसकेका छन् । यसरी सफलता पाउनुमा आफ्नो टिमको ठूलो हात रहेको र आगामी दिनमा पनि अझै जटिल समस्याको सफल उपचार गर्न सकिनेमा डा. बिजुक्छे ढुक्क रहेका छन् । 

उनले १८ महिनाको बच्चादेखि ८५ वर्षका वृद्धको समेत सफलतापूर्ण स्पाइनको सर्जरी गरिसकेका छन् । यसरी सफलता पाउनुमा आफ्नो टिमको ठूलो हात रहेको र आगामी दिनमा पनि अझै जटिल समस्याको सफल उपचार गर्न सकिनेमा डा. बिजुक्छे ढुक्क रहेका छन् । 

विसं २०२८ सालमा बुवा शौभाग्यप्रसाद बिजुक्छे तथा आमा दुर्गादेवी बिजुक्छेको कोखबाट जन्मेका बिजुक्छे २०४३ सालमा सिद्धार्थ वनस्थलीबाट एसएलसी पास गरे । एसएलसीलगत्तै अमृत साइन्स क्याम्पसबाट आईएस्सी पास गरे । आईएस्सी सकेपछि शिक्षा मन्त्रालयबाट छात्रवृत्तिमा एमबीबीएस गर्ने अवसर मिल्यो । त्यस अवसरलाई सदुपयोग गर्दै राजशाही मेडिकल कलेज बंगलादेशबाट एमबीबीएसमा प्रथम भए । राजशाही युनिभर्सिटीअन्तर्गत प्रथम हुँदै गोलमेडलसमेत हात पारे । नेपाल आउनासाथ तत्कालीन राजा वीरेन्द्रको हातबाट महेन्द्र विद्याभूषण ‘ग’ प्राप्त गरे ।

चिकित्सकीय पेसा आफैँमा पनि व्यस्त पेसा । त्यसमा पनि आफूलाई अपडेट राख्न प्रत्येक दिन घरमा गहन अध्ययन गरी राख्नुपर्ने । यस्तो अवस्थामा पनि उनले परिवारबाट पूर्ण सहयोग पाउँदै आए । बुवा, आमा, श्रीमती तथा एक छोराका साथ बस्दै आएका उनी श्रीमती सविना श्रेष्ठ पनि चिकित्सक भएका कारण धेरै सहज भएको अनुभव गर्छन् । डा. सविना आँखा रोग विशेषज्ञ तथा नेपाल आँखा अस्पतालकी पूर्वनिर्देशक हुन् । 

त्यसो त पेसा र परिवार फरक–फरक कुरा हुन् । पेसागत एकरूपता भए पनि डा. बिजुक्छेले धेरैजसो बिदाका दिन सुन्नुपर्ने एउटै वाक्य हो, ‘बिदाको दिन पनि के हो अस्पतालकै काममा व्यस्त ?’ हुन त उनी परिवारसँग धेरै समय बिताउँछन् । तर, कहिलेकाहीँ घरमा आएर रिपोर्टहरू अध्ययन गर्नुपर्ने हुन्छ । त्यस्तो बेला डा. सविनाले गर्ने गुनासोलाई उनले स्वाभाविक रूपमा लिएका छन्, ‘श्रीमती हुन् नि त । धेरै समय मसँग बिताओस् भन्ने लाग्नु स्वाभाविक हो ।’

सुरुमा डा. बिजुक्छेले वीर अस्पतालबाटै इन्टर्नसिप गरी करिब ९ महिना मेडिकल अफिसरका रूपमा काम गरे । उनको लक्ष्य थियो मास्टर्स इन अर्थोपेडिक सर्जरी गर्ने । त्यसपछि उनी लागे काठमाडौं युनिभर्सिटीतर्फ । उनले त्यहाँबाट सन् २००३ मा मास्टर्स इन अर्थोपेडिक सर्जरीमा पहिलो हुँदै पूरा गरे । त्यसपछि उनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको हातबाट महेन्द्र विद्याभूषण ‘ख’ पनि प्राप्त गरे । चिकित्सा क्षेत्रमा केही गर्ने अठोट लिएका डा. बिजुक्छेले सन् २००६ मा भारतको केरलास्थित अमृता इन्स्टिच्युट अफ मेडिकल साइन्सेसबाट स्पाइनल सर्जरीमा फेलोसिपसमेत पूरा गरे । साथै उनले अमेरिकाको CHRSTUS RoSA CHILDRon's HOSPITEL बाट पनि फेलोसिप पूरा गरे । 

एमबीबीएस पढ्दा प्रोफेसर यजाज अहमदबाट अर्थोपेडिकमा प्रभावित भएका थिए । तर पनि उनको इच्छा थियो न्युरो सर्जन बन्ने । 

स्पाइनका सबै शल्यक्रिया जटिल हुन्छन् । त्यसमध्येका पनि जटिल शल्यक्रियाका रूपमा स्कोलियोसिस, काइफोसिस, Correctiuon सर्जरी हुन । जुन बांगिएका ढाडलाई सिधा बनाउन गरिने शल्यक्रिया हुन । डा. बिजुक्छे भन्छन्, ‘यस्ता शल्यक्रिया गर्दा शारीरिक तनावमात्र नभई मानसिक तनाव पनि रहन्छ ।’

‘सही रूपमा योजना बनाएर शल्यक्रिया गर्दा सधैं सफल होइन्छ ।’ उनको यही विश्वासले उनलाई साथ दिइरहेको छ । साधारणतया मेरुदण्डसम्बन्धी शल्यक्रिया गर्दा ३० मिनेटदेखि १२ घन्टासम्म निरन्तर शल्यक्रिया गरिरहेको उनले बताए । 

शल्यक्रिया गर्नुपूर्व उनले ३/४ दिन समय लिने र योजना बनाएर मात्र गर्ने गर्छन् । जसका लागि उनले अस्पतालमा मात्र होइन घरमै गएर पनि एक्स–रे, एमआरआई, सिटिस्क्यानको राम्रोसँग अध्ययन गर्ने गर्छन् । ‘सही रूपमा योजना बनाएर शल्यक्रिया गर्दा सधैं सफल होइन्छ ।’ उनको यही विश्वासले उनलाई साथ दिइरहेको छ । साधारणतया मेरुदण्डसम्बन्धी शल्यक्रिया गर्दा ३० मिनेटदेखि १२ घन्टासम्म निरन्तर शल्यक्रिया गरिरहेको उनले बताए । 

हालसालै उनले एउटा मेडिकल विद्यार्थीको कर्डोमा ट्युमरको शल्यक्रिया गरेका छन् । जुन शल्यक्रिया डा. बिजुक्छेका लागि दोस्रो थियो । कर्डोमा एक लाखमा एकजनालाई हुने क्यान्सर हो । उनले पहिलो शल्यक्रिया शारदा दाहालको गरेका थिए । डा. बिजुक्छेले आफूले यो शल्यक्रिया हालसम्म नगरेको हुँदा गर्न नसक्ने बताएका थिए । तर, दाहालले तपाईंले यदि शल्यक्रिया गर्नुभएन भने म अन्य चिकित्सकसँग नगर्ने बताएकी थिइन् । अनि मात्र डा. बिजुक्छे शल्यक्रिया गर्न तयार भए र उक्त शल्यक्रियामा सफलता पाए । डा. बिजुक्छे भन्छन्, ‘त्यो क्षण मेरो जीवनको कहिल्यै नबिर्सने क्षणमा पर्छ ।’ दोस्रो शल्यक्रियामा पनि उनले सोही कुरा दोहो¥याए । ‘यो मेरो दोस्रो शल्यक्रिया हो ।’ उनले बिरामीलाई भनेका थिए, ‘तिमी मेडिकलको विद्यार्थी सबै कुरा थाहा छ, अन्य चिकित्सकसँग पनि सल्लाह लिनु वा बाहिर जाने हो भने पनि जाँदा हुन्छ ।’ तर, बिरामी विद्यार्थीले मान्दै मानेनन्, ‘मलाई थाहा छ यो तपाईंको दोस्रो जटिल शल्यक्रिया हो, तपाईंले नै मेरो शल्यक्रिया गर्नुपर्छ । म बाँच्छु, मलाई थाहा छ ।’ बिरामीको उनीप्रतिको विश्वासले गर्दा त्यो जटिल शल्यक्रिया पनि सफल भयो । 

उनले नेपालमा पहिलोपटक ग्रोहिङ रड डिफरमेटी करेक्सन (Growing RoD DEFOMITY CORRECTION) को शल्यक्रिया सुरु गरेका छन् । यसप्रकारको शल्यक्रियामा बच्चाको बाङ्गो भएको मेरुदण्ड सोझिनुको साथसाथै उमेरसँग उचाइ पनि बढ्ने हुन्छ । 

उनले नेपालमा पहिलोपटक ग्रोहिङ रड डिफरमेटी करेक्सन (Growing RoD DEFOMITY CORRECTION) को शल्यक्रिया सुरु गरेका छन् । यसप्रकारको शल्यक्रियामा बच्चाको बाङ्गो भएको मेरुदण्ड सोझिनुको साथसाथै उमेरसँग उचाइ पनि बढ्ने हुन्छ । 

उनीसँग उपचार गर्न आएका बिरामीमध्ये कसैले पनि पैसाका कारण उपचार तथा शल्यक्रिया रोक्नुपर्ने अवस्था आएको छैन । शल्यक्रियामा आफूले लिने शुल्क कतिपय अवस्थामा निःशुल्क गर्ने गरेका छन् । साथै अस्पताल, औषधि तथा अन्य शुल्कमा पनि ग्राण्डी अस्पतालले उनलाई सहयोग गरिरहेको हुन्छ भने अस्पताल तथा अन्य सामग्रीका लागि विदेशबाट साथीहरूले पठाएको सहयोगबाट तिर्ने गरेका छन् । शल्यक्रियाक्रममा लगाउने स्क्रु, रडहरू धेरै महँगंो पर्ने हुँदा साथीहरूले अमेरिकाबाट सहयोग गरेका छन् । 

आफूले शल्यक्रिया गरेको बिरामीको सफल उपचार भएपछि जब बिरामी आफैं तथा उनका आफन्तजनहरूले कृतज्ञता ज्ञापन गर्छन् तब डा. बिजुक्छेलाई साह्रै सन्तुष्टिको अनुभव हुन्छ । उनी चाहन्छन्, यो सन्तुष्टि सधैं पाइरहुँ । त्यसैका लागि दिनरात नभनी उनी आफ्नो काममा समर्पित छन् । 
 

Spark_health_home Swastha Bema AD below news KDC Ad Below News

2 Comments

  1. Realy Dr.Binod sir is great.

  2. yes dr you are great surgeon .

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts