सरकारको ध्यान नपुगेको ‘बायोमेडिकल इञ्जिनीयरीङ’ 

What's This?

Download our app to get more features

विस २०५१ सालदेखि नेपालको बायोमेडिकल क्षेत्रमा लाग्नुभएका विकासबहादुर श्रेष्ठ विरेन्द्र अस्पताल छाउनीदेखि यस क्षेत्रमा प्रवेश गरेका हुन् । विस २०५६ सालमा बायोमेडिकल इञ्जिनीयरीङमा स्नातकोत्तर भारतीय सरकारबाट प्राप्त (कोलोम्बोप्लान) छात्रावृत्तिमा इण्डियन इन्ष्टिच्यूट अफ टेक्नोलोजी (आइआइटी) बाट बायोमेडिकल इञ्जिनीयरीङको पढाइ पुरा गरिसकेपछि त्रिभुवन विश्वविद्यालयअन्तर्गत (आइओइ) पुल्चोक क्याम्पसमा नेपालमै पहिलो बायोमेडिकल इञ्जिनीयरीङ विषय पढाउने शिक्षकका रुपमा प्रवेश गरे । उनकै सक्रियतामा पहिलोपटक पुल्चोक क्याम्पसमा बायोमेडिकल इञ्जिनीयरीङ विषयको पढाइ हुन थालेको हो । हाल त्रिभुवन विश्व विद्यालयबाट मान्यता प्राप्त अन्य निजी इञ्जिनीयरीङ कलेजहरुमा समेत यस विषयको पढाई हुँदै आइरहेको छ । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत मान्यताप्राप्त कलेज अफ बायोमेडिकल इञ्जिनीयरीङ एण्ड एप्लाइड साइन्समा समेत २०६४ सालदेखि सोही विषयमा उहाँले प्राध्यापन गर्दै आइरहेका छन् । साथै उहाँले सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुमा समेत प्राविधिक सल्लाहकारको रुपमा काम गर्दै आएका छन् । यिनै बायोमेडिकल इञ्जिनीयरीङ क्षेत्रको वरीपरी रहेर बायोमेडिकल इञ्जिनीयरीङ फाउण्डेशन नेपालका अध्यक्ष श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश । 

बायोमेडिकल इञ्जिनीयरीङ भनेको के हो ?
बायोमेडिकल इञ्जिनीयरीङ व्यवहारीक विज्ञानको पाटो हो । जसमा मेडिसीन तथा बायोलोजीसम्बन्धी विभिन्न मेडिकल उपकरणहरुमा आउने समस्याहरुलाई समाधान गर्न विज्ञान तथा प्रविधिमा रहेका विभिन्न प्रक्रियाहरुलाई उपयोग गरी डिजाइन, प्रयोग र मर्मतसम्भार सम्बन्धी समस्याको समाधान गरिन्छ । 

बायोमेडिकल इञ्जिनीयरीङ कार्यक्रमको के–के उदेश्य हुन्छन्?
यसले स्वास्थ्य क्षेत्रमा लागेका तथा जनतालाई बायोमेडिकल इञ्जिनीयरीङको महत्वको बारेमा जनचेतना दिलाउनु, बायोमेडिकल उपकरणलाई काम चुस्त काम गर्ने अवस्थामा राख्नु, यसको अध्ययन अध्यापन,तालिम तथा अनुसन्धान गर्नु, सरकारी, नीजि तथा विदेशी सहयोगलाई बायोमेडिकल इञ्जिनीयरीङ क्षेत्रमा सल्लाह दिने यसको काम हो । यस्तै यो क्षेत्रमा रहेको उपकरणको मूल्यमा अस्थिरतालाई पूर्ण रुपमा एउटै किसीमको नीति नियम बनाउन मद्दत गर्दे आएको छ । विदेशमा बायोमेडिकल इञ्जिनीयरीङको अवस्था कस्तो छ ? विदेशका हरेक अस्पतालमा बायोमेडिकल इञ्जिनीयरीङ विभाग खोल्न अनिवार्य व्यवस्था गरिएको छ । उक्त विभागमा बायोमेडिकल इञ्जिनीयर रहने गरी दरबन्दीको व्यवस्था गरिएको हुन्छ र अस्पतालमा भएका मेडिकलहरुको सम्पूर्ण जिम्मेवारी दिएको हुन्छ । यस्तै अस्पताल प्रयोगमा ल्याउन अगाडी उक्त उपकरणहरुको निरीक्षण गरी आवश्यक स्तर निर्धारण गरी प्रयोगमा ल्याइन्छ । विदेशी मुलुकमा स्वास्थ्य सेवा विभागअन्तर्गत विभिन्न महाशाखाहरुमध्ये बायोमेडिकल इञ्जिनीयरीङ महाशाखा पनि रहेको हुन्छ । 

विदेशका हरेक अस्पतालमा बायोमेडिकल इञ्जिनीयरीङ विभाग खोल्न अनिवार्य व्यवस्था गरिएको छ । उक्त विभागमा बायोमेडिकल इञ्जिनीयर रहने गरी दरबन्दीको व्यवस्था गरिएको हुन्छ र अस्पतालमा भएका मेडिकलहरुको सम्पूर्ण जिम्मेवारी दिएको हुन्छ ।

नेपालमा बायोमेडिकल इञ्जिनीयरीङको अवस्था कस्तो छ ?
नेपालमा सोचेजस्तो बायोमेडिकल इञ्जिनीयरीङको व्यवहारिक प्रयोगमा कमि छ । किनकी हाम्रो देशमा यो क्षेत्रको विकास ढिलो सुरुवात भएको हो । यसका लागि नेपाल सरकार र सम्बन्धित स्वास्थ्य निकायले यसको बारेमा सहि रुपमा सोचेको देखिँदैन । सरकारी अस्पतालमा बायोमेडिकल इञ्जिनीयरको स्थायी दरबन्दीको व्यवस्था नभएको देखिन्छ ।

 बायोमेडिकल इञ्जिनीयरीङको विकासका लागि तपाईँले के गर्दै हुनुहुन्छ ?
यो क्षेत्र नेपाल ओझेलमा परेको क्षेत्र हो । अति आवश्यक हुँदाहुँदै पनि सरकारको प्राथमिकतामा परेको छैन । यसलाई ध्यानमा राखि मैले यस क्षेत्रमा लागेका इञ्जिनीयर समेटेर बायोमेडिकल इञ्जिनीयरीङ फाउण्डेशन नेपालको स्थापना गरेको हो । यो संस्था नाफामुखी नभई सेवामुखी हो । एउटा मेसिन विग्रँदा सयौँ बिरामीहरुले अकालमै ज्यान गुमाउनबाट बचाउनका लागि मैले यस क्षेत्रमा काम गर्ने दृढ इच्छा राखेर अगाडि बढेको हुँ ।

नेपालमा बायोमेडिकल इञ्जिनीयरीङ सुरुवात कसरी भयो ?
विस २०५६ सालमा इलेक्ट्रिकल इलेक्ट्रोनिक पढाइ हुने इञ्जिनीयरीङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा प्राध्यापक तथा विभागीय प्रमुख जगन्नाथ श्रेष्ठको सक्रियतामा उक्त संस्थानमा अध्ययनरत विद्यार्थीहरुको लागि भविश्यमा उपयोग हुने विषय बायोमेडिकल इन्स्ट्रिमेन्टेशन विषय ऐच्छिक विषयका रुपमा सुरुवात भयो र त्यस अध्ययन संस्थानबाट उत्पादन भएका विद्यार्थीहरु मेडिकल उपकरण सम्बन्धी काम गर्न सक्षम हुँदै आए । उक्त इञ्जिनीयरहरुले नीजि तथा सामुदायिक अस्पतालहरु तथा नीजि संस्था खोलेर सेवा दिँदै आएका छन् । 

अहिले नेपालमा बायोमेडिकल इञ्जिनीयर कति छन् ?
नेपालमा बायोमेडिकल इञ्जिनीयरीङ विषयको पढाई ढिला सुरु भएकाले पनि अन्य क्षेत्रमा जस्तो यस क्षेत्रमा दक्ष जनशक्ति कम छन् । मलाई लाग्छ हाल नेपालमा २ सय देखि ३ सयको हाराहारीमा बायोमेडिकल इञ्जिनीयर रहेका छन् । 

यो संस्थाले बायोमेडिकल इञ्जिनीयरीङको क्षेत्रमा के काम गर्दैछ ?
राम्रो प्रश्न गर्नुभयो, निश्चयपनि यो संस्थाले काठमाडौँ तथा काठमाडौँ बाहिर विभिन्न जिल्लामा रहेका सरकारी, सामुदायिक तथा नीजि क्षेत्रका अस्पतालमा बिग्रेका स्वास्थ्य उपकरणहरु बनाउनका लागि सेवा दिँदै आइरहेको छ । भर्खर इञ्जिनीयरीङ विषय पढेर आएका विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक तथा उपयोग गर्ने डक्टर, नर्स, टेक्निसियनलाई पनि तालिम प्रदान गर्दै आइरहेका छौँ । नेपालमा बनाउन नसकेका र त्यतिकै थन्किएर रहेका स्वास्थ्य उपकरणहरुलाई पहिलोपटक स्वदेश तथा विदेशका वरिष्ठ प्राविधिक मार्फत मर्मतसम्भार गरेर सेवा दिँदै आएका छौँ । 

निश्चयपनि यो संस्थाले काठमाडौँ तथा काठमाडौँ बाहिर विभिन्न जिल्लामा रहेका सरकारी, सामुदायिक तथा नीजि क्षेत्रका अस्पतालमा बिग्रेका स्वास्थ्य उपकरणहरु बनाउनका लागि सेवा दिँदै आइरहेको छ । भर्खर इञ्जिनीयरीङ विषय पढेर आएका विद्यार्थीलाई उच्चस्तरीय प्राविधिक तथा उपयोग गर्ने डक्टर, नर्स, टेक्निसियनलाई पनि तालिम प्रदान गर्दै आइरहेका छौँ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
नेपालमा हजारौँ अस्पतालहरु छन् । यी अस्पतालमा रहेका उपकरणहरु दिनहुँ बिग्रन्छन् । यसको मर्मत सम्भारका लागि सरकारले सके छुटै विभाग नसके महाशाखा खोलेर एउटा मापदण्ड निर्धारण गरी यसको सेवा देशभर पु¥याउनु जरुरी छ । यसो गरेमा यो विषय पढेका विद्यार्थीहरुले रोजगार पाउनुका साथै नेपालको स्वास्थ्य क्षेत्रमा सुधार आउने देख्दछु । 

(वरिष्ठ बायोमेडिकल इञ्जिनीयर विकासबहादुर श्रेष्ठ बायोमेडिकल इञ्जिनीयरीङ फाउण्डेशन नेपालका अध्यक्ष हुन् ।)
 

Spark_health_home Swastha Bema AD below news KDC Ad Below News

7 Comments

  1. Sir Le Prakash Pandey (BP Koirala Cancer Hospital ko Biomedical Engineer) lai chinnuva chha ki nai? Hajurko Student re ho?

  2. Ramro kamko suruwat! congratulation !!! Go ahead !

  3. First of All, Congratulation! Proud of you Dear Bikash Sir! Keep on going, we are there for your support in this very sensitive field that needs to be improved very much in the nation, soon.

  4. एकदम राम्रो !! विश्लेषण सर

  5. Very nice interview

  6. Sahu ho!!!!

  7. Best interview.

Leave a Comment

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts